मत्स्य विकास केन्द्र, कुलेखानीको कार्य विवरण
- केन्द्रको योजना तर्जुमा कार्यान्वयन र प्रगति प्रतिवेदन पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयमा पठाउने।
- विभिन्न जातका मत्स्य वीज वितरण तथा माग आपूर्ति व्यवस्थापन गर्ने।
- रिजरभ्वायरका लागी उपयुक्त मत्स्य पालन प्रविधि पहिचान, विकास तथा विस्तार गर्ने।
- मत्स्य सम्बन्धी प्रयोगशाला सेवा प्रवाह गर्ने।
- प्राकृतिक जलाशयको उपयोग तथा जलीय जीव संरक्षण सम्बन्धी कार्यक्रम संचालन गर्ने।
- आनुवशिंक स्रोत पहिचान, उपयोग र संरक्षणका लागी आवश्यक कार्य गर्ने।
- नेपाल कृषि अनुसन्धान परिषद्, विश्वविद्यालयहरुसँग अनुसन्धानात्मक कृयाकलापमा समन्वय गर्ने।
- विषयगत तालिम संचालन स्थलको रुपमा कृषक तथा प्राविधिक तालिमको लागी पशुसेवा तालिम केन्द्रसंग समन्वयमा तालिम संचालनमा सहकार्य गर्ने।
- जलाशयलाई सिकाई स्थलको रुपमा विकास गर्न फिल्ड अध्ययन, अनुसन्धान सम्बन्धी कार्य गर्ने। मत्स्य मूल्य श्रृङखला विकासमा सहजीकरण गर्ने।
- सीपमूलक तथा जनचेतना अभिवृद्वी तालिम संचालन गर्ने।
- फार्मको तथ्याङ्क व्यवस्थापन, विश्लेषण तथा अध्यावधिक गर्ने।
- भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको समन्वयमा मत्स्य सम्बन्धी तथ्याङ्क अध्यावधिक गर्ने।
- फार्मबाट संचालन भएका कार्यक्रमहरुको प्रभावकारिता अध्ययन गर्ने।
- संघ, प्रदेश तथा स्थानीय तहका सम्बन्धित निकायसंग आवश्यक समन्वय तथा सहकार्य गर्ने।
- फार्मको उत्पादनमा असल मत्स्यपालन अभ्यास तथा वायोसेक्युरिटि व्यवस्थापन गर्ने।
- आधुनिक प्रविधि परीक्षण एवम् विस्तार गर्ने।
- स्थानीय तहमा मत्स्य विकास कार्यमा संलग्न प्राविधिक र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रविधिकहरुलाई आवश्यक प्राविधिक सहयोग र समन्वय गर्न।
- जलाशय क्षेत्र भित्र आवश्यकता अनुसार जैविक विविधता संरक्षण सम्बन्धी कार्यक्रम संचालन गर्ने।
- कर्मचारी व्यवस्थापन गर्ने।
- स्टोर तथा जिन्सी सामानको अभिलेखीकरण तथा अध्यावधिक गर्ने।
- कार्यालयको लेखा तथा श्रेस्ता व्यवस्थापन सम्बन्धी कार्य गर्ने।